मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा पक्राउ परे सुरक्षागार्ड

नेपालभ्युज

मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा पक्राउ परे सुरक्षागार्ड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न आग्रह गरेका कारण एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर, यही विषयलाई लिएर मन्त्रीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनलाई पक्रेको छ ।

मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर छन् । उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई भनिएको बोहोराले बताए ।

स्रोतका अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरू लाइन बसिरहेका थिए । निजी सुरक्षा अधिकृत (पीएसओ)सहितका गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा कुँवरले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए ।

तर, सुरक्षागार्ड श्रेष्ठले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । विवाद बढ्दै गएपछि मन्त्रालयले यही विषयलाई लिएर प्रहरीमा जाहेरी पनि दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved