धनुषा ४ बाट पूर्वराष्ट्रपतिको छोरा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

कांग्रेसले टुङ्ग्यायो धनुषाको सबै क्षेत्रबाट उम्मेदवारको नामावली

४ बाट काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य चन्द्रमोहन यादव गरी दुई जनाको नाम प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरिएको छ।

नेपालभ्युज

धनुषा ४ बाट पूर्वराष्ट्रपतिको छोरा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

जनकपुरधाम। मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य चन्द्रमोहन यादव गरी दुई जनाको नाम प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरिएको छ।

उम्मेदवार छनौटको लागि महेन्द्रनगर धनुषामा भएको क्षेत्रीय भेलाले पूर्वमन्त्री समेत रहेका महेन्द्र यादव र पूर्व राष्ट्रपति डा. रामवरण यादवको पुत्र डा. चन्द्र मोहन यादवको नाम सिफारिस गरिएको जानकारी काँग्रेस धनुषा सभापति योगन्द्र पजियारले जानकारी दिए।

महेन्द्र यादव गत निर्वाचनमा पनि यस क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार थिए। भने चन्द्रमोहन यादव प्रदेश सभामा धनुषा निर्वाचन क्षेत्र नं. ४ क बाट उम्मेदवार बनेका थिए। जसमा प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले र प्रदेशमा जसपाका ज्ञानेन्द्रकुमार यादवले जित निकाल्न सफल भएका थिए भने काँग्रेसका दुवै यादव द्वय पराजित भएका थिए।

त्यसैगरी धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ काँग्रेसका धनुषाका सभापति योगेन्द्र पजियार, तुलसा आचार्य र निर्मला कोइरालाको नाम सिफारिस गरिएको छ।

त्यस्तै प्रदेश सभाको क्षेत्र नं. ४ (क) बाट प्रत्यक्षतर्फ कोमलकान्त झा, योगनारायण यादव, श्यामचन्द्र यादव, शिवशंकर यादव र विक्रम यादव सिफारिस भएका छन्। समानुपातिक तर्फ कुमरकान्त झा, बुलन यादव, नवलकिशोर यादव, रामवरण पासवान, मो.इबराहिम राइन, महेन्द्र यादव, चुनी शरण यादव, महेन्द्र साह, रामवरण रजक, रामहृदय मण्डल, रामविलास धुनिया, नसिन राइन, अशोक दास, शोभा देवी पुर्वे, सुन्दरकला रबिदास, रेणु यादव, सुरेश कोइराला, श्रीराम साह र शरिता यादवको नाम सिफारिस गरिएको छ।

त्यसैगरी प्रदेश सभाको क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष तर्फ राजलाल महतो र रामकुमार भण्डारी सिफारिस हुनु भएको छ। समानुपातिकतर्फ भावना ढुंगेल, मोहनकुमार सिंह माथेमा, बासुलाल महतो, गुदर यादव, राजकुमार महतो, राजेन्द्र ठाकुर र दौलतिया देवीको नाम सिफारिस गरिएको छ।

यससंगै पार्टीको निर्देशन अनुसार कांग्रेस धनुषाका ४ वटै क्षेत्रका क्षेत्रीय समितिहरूले उम्मेदवार छनौट गरी नाम सिफारिस गरेको गर्ने कार्य सम्पन्न गरेको जिल्ला सभापति पजियारले जानकारी दिए। उम्मेदवार सिफारिस गरिएको अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष र समानुपातिक दुवैमा पूर्व मन्त्री आनन्द ढुङ्गनाको एकल नाम सिफारिस गरेको छ।

त्यसैगरि, धनुषा क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री रामकृष्ण यादवको एकल नाम प्रत्यक्षमा सिफारिस गरिएको छ। समानुपातिकको अझै टुङ्गो लागेको छैन। यस क्षेत्रबाट समानुपातिक तर्फ पार्टीका पूर्व जिल्ला सभापति महेशशंकर गिरि र शिवधारी यादवको नाम चर्चामा छ।
त्यसैगरि, उम्मेदवार छनौटको विषयमा धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ प्रमेश्वर महासेठको एकल नाम सिफारिस गरिएको छ। समानुपातिकमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको एकल नाम सिफारिस गरिएको छ।

त्यसैगरि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट प्रदेश सभासदस्यको प्रत्यक्ष निर्वाचन तर्फ मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादवको एकल नाम सिफारिस गरिएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’वाट समानुपातिकमा मिन्टन झालाई सिफारिस गरिएको छ।

सभापति पजियारले सबै क्षेत्रबाट आज अबेरर रातीसम्म प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिस गरिएका उम्मेदवारहरूको नामावली आइसक्ने र आइतबार जिल्ला समितिको बैठकले क्षेत्रबाट आएको नामको आधारमा प्रदेश समितिलाई सिफारिस गर्ने र प्रदेश समितिले अन्तिम टुङ्गोको लागि केन्द्रीय समितिलार्ई सिफारिस गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved