धादिङबाट काठमाडौं आउँदै गरेका भट्टराई पक्राउ, झन्डै ४० लाख नगद बरामद

धादिङबाट काठमाडौं आउँदै गरेका भट्टराई  पक्राउ, झन्डै ४० लाख नगद बरामद

काठमाडौं ।  नेपाल प्रहरीले स्रोत नखुलेको  ३९ लाख ५० हजार पाँच सय रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी विभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसमा काठमाडौँ आउँदै गरेका नवलपरासी बर्दघाट नगरपालिका वडा नं ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बसको ‘ग्यालेरी’मा हरियो रङको झोलाभित्र रहेको उक्त रकमसहित भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका भट्टराईसँग प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ । भट्टराईलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved