यी हुन् काठमाडौंमा एमालेबाट सिफारिस भएका उम्मेद्वारहरु

नेपालभ्युज

यी हुन् काठमाडौंमा एमालेबाट सिफारिस भएका उम्मेद्वारहरु

काठमाडौं । नेकपा एमालेले काठमाडौंका दशवटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ ।

एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

काठमाडौंका  दशवटै क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली  सिफारिस गरिएको  र केही नाम थप छलफल गरेर टुङग्याउने एमाले काठमाडौंका एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभातर्फ उम्मेदवारको नाम सिफारिस गर्न वुधबार  क्षेत्रीय कमिटीको बैठक बसेको थियो ।

 

यी हुन्  सिफारिस भएका उम्मेदवार:

काठमाडौं-१ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

काठमाडौं- २ः मणीराम फुयाल

काठमाडौं-३ः कृष्ण राई

काठमाडौं-४ः डा.राजन भट्टराई, निर्मल कुइकेल

काठमाडौं-५ः ईश्वर पोखरेल

काठमाडौं- ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

काठमाडौं- ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

काठमाडौं- ८ः राजेश शाक्य

काठमाडौं-९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

काठमाडौं- १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved