नागरिकता विधेयकमा राष्ट्रिय सहमति चाहिन्छ: राष्ट्रपति

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँग आज भएको भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् ।

राष्ट्रपति निवास पुगेका माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतासँग उनले राष्ट्रिय महत्वको विषयमा सबै दलहरुबीच सहमति बनाएर जाने वातावरण बनाउन आग्रह गरेकी हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्दै समिति बनाएर छलफल हुनुपर्ने बताएकी छिन् । राष्ट्रिय महत्त्वको नागरिकताजस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुने कुरा उनले बताइन् ’

जवाफमा प्रचण्डले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदादेखि सहमति भएको विधेयक ल्याएको प्रष्ट पारेका छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरु पुगेका थिए । अहिले नागरिकता विधेयक राष्ट्रियसभामा पुगेर अड्किएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved