चोलेन्द्रले भने- कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा महाअभियोग ल्याइयो

महाअभियोग प्रस्ताव निष्क्रिय भइसक्यो

नेपालभ्युज

चोलेन्द्रले भने- कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा महाअभियोग ल्याइयो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको दाबी गरेका छन् । बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा गएका उनले आफू संसदको सम्मानका लागि मात्र आएको बताए ।

उनले संसदले नै आफ्नो नियमावलीको पालना गर्न नसकेको आरोप लगाए । आफू पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै उनले त्यसैका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी पनि गरे ।

जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको आरोप लगाएका छन् ।  महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा राणाले उक्त प्रस्ताव कसले ल्यायो भन्ने नखुलाए पनि राजनीतिक पार्टी र मिडियाको दबाबमा आफूले काम नगर्ने बताए । उनले कार्कीलाई प्रधानन्यायाधीशको कुर्सीमा राख्नकै लागि आफूमाथि महाअभियोग लगाइएको दाबी गरे ।

‘…दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको हो’ उनले भने । प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको पनि उनले जिकिर गरे ।

राणाको भनाइ उदृत गर्दै समितिका सदस्यले भने, ‘उहाँलाई प्रधानन्यायाधीश बनाउनुपर्‍यो भनेर मकहाँ प्रस्ताव आएको थियो तर मैले त्यसलाई अश्वीकार गरेँ । मैले न्यायपालिका यसरी चल्दैन भनेर अश्वीकार गरेको हो । म विधि र पद्धतिबाट आएको हुँ, पार्टी र मिडियाको दबाबमा काम गर्दिनँ भनेँ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved