भारतका शक्तिशाली धर्मगुरुमाथि दुई किशोरीको बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता

उजुरीमा स्वामीले आफ्नो मठको होस्टलमा बस्ने हाई स्कुलका छात्रामाथी यौन शोषण गर्ने गरेको उल्लेख छ । उजुरीकर्ता किशोरी १५ र १६ वर्षका छन । दुवैजना किशोरी मठले संचालन गरेको स्कुलमा पढ्थे । प्रहरीले होस्टेलमा बस्ने अन्य किशोरीसँग पनि बयान लिएको छ । होस्टेल वार्डेन लगायत पाँचजनामाथि पनि मुद्दा लगाइएको छ ।

नेपालभ्युज

भारतका शक्तिशाली धर्मगुरुमाथि दुई किशोरीको बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता
डा. शिवमूर्ति मुरुगा शरणरु (दायाँ)

काठमाडौं । भारतका एक शक्तिशाली धर्मगुरुमाथि नाबालिग किशोरीको यौन शोषण गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

कर्नाटक राज्यको सबैभन्दा शक्तिशाली लिंगायत स्वामी मध्येका एक डा. शिवमूर्ति मुरुगा शरणरुविरुद्ध दुईजना किशोरीको यौन शोषण गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । उनीविरुद्ध अनुसूचित जाति, जनजाति अत्याचार विरोधी कानूनको प्रावधान उल्लंघन गरेको मुद्दा समेत जोडिएको छ ।

स्वामी शिवमूर्तिमाथि मंगलवार यौन हिंशाको शिकार भएका दुई किशोरीले मजिस्ट्रेट कार्यालयमा बयान दर्ज गरेका छन् । यौन शोषणमा परेका किशोरीले आफूहरु अनुसूचित जाति समुदायको बताएपछि स्वामीमाथि अर्को मुद्दा पनि थपिएको हो । यो मुद्दा स्वामीको मठ भएको मैसूरमा स्थानान्तरण गरिएको छ ।

उजुरीमा स्वामीले आफ्नो मठको होस्टलमा बस्ने हाई स्कुलका छात्रामाथी यौन शोषण गर्ने गरेको उल्लेख छ । उजुरीकर्ता किशोरी १५ र १६ वर्षका छन । दुवैजना किशोरी मठले संचालन गरेको स्कुलमा पढ्थे । प्रहरीले होस्टेलमा बस्ने अन्य किशोरीसँग पनि बयान लिएको छ ।

होस्टेल वार्डेन लगायत पाँचजनामाथि पनि मुद्दा लगाइएको छ । दुई मध्ये एक किशोरीलाई स्वामीले बारम्बार बलात्कार गरेको र अर्कीमाथि बलात्कारको प्रयास गरेको आरोप छ । यो मुद्दामा भोलि बिहीबार सुनुवाई हुने तय भएको छ ।

कर्नाटकका पूर्व मुख्यमंत्री बीएस येदियुरप्पाले स्वामीको खुलेर समर्थन गरेका छन् । उनले यसलाई स्वामीमाथिको षडयन्त्र भनेका छन् ।

लिंगायत १२ औ शताब्दीका समाज सुधारक वासवन्नाका अनुयायी हुन् । कर्नाटकमा यो समूदायको १७ प्रतिशत जनसंख्या छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved