राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रियसभामा टेबुल

नेपालभ्युज

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल भएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् ।

फिर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पारित गर्नुपर्छ ।

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । विधेयक पुनः संघीय संसदबाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, फेरि पारित भएर गएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई नहुने संविधानमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved