कुशे औंसी पर्व मनाइँदै, छोराछोरीले बाबाको मुख हेर्ने दिन

नेपालभ्युज

कुशे औंसी पर्व  मनाइँदै, छोराछोरीले बाबाको मुख हेर्ने दिन

काठमाडौं । भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व आज मनाइँदैछ । बाबाको मुख हेर्ने दिन अर्थात पितृ दिवसका रुपमा पनि आजको दिन महत्वपुर्ण छ ।

सनातन वैदिक हिन्दू धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा भित्र्याउने गरिन्छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।
आजकै दिन छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । बाबु नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीकाे संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिधा दानसमेत गर्ने गर्छन् ।
रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गर्ने गरिन्छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved