नेपाल केन्यासँग पराजित

नेपालभ्युज

नेपाल केन्यासँग पराजित

काठमाडौं ।  दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो खेलमा नेपाल घरेलु टोली केन्यासँग  १८ रनले पराजित भएको छ । नेपाल आज सम्पन्न खेलमा १८ रनले पराजित भएको हो । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएकाे नेपाल १९ ओभरमा एक सय १४ रन मात्र बनाउन सक्यो ।

केन्याको यो जितसँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपालले पाँच विकेटको जित हात पारेको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रनको योगदान दिए । राेहित पाैडेल र माेहम्मद आदिल आलमले समान २०/२० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ केन्याका इम्यानुएल बुन्दी, लुकास ओलुच र विराज पटेलले दुई/दुई विकेट लिए भने नेहम्याह ओधिएम्बा र युजिन ओचिङले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३२ रन बनायो । केन्याका लागि निहिमी अडिहिम्बाेले २९, इरफान करिमले २२ र सचिन भुदियाले १४ रनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन/तीन, करण केसीले दुई र पवन सरार्फले एक विकेट हात पारेका थिए ।

तेस्रो खेल आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved