वृक्षारोपणमा सहभागी प्रचण्डलाई मेयर साम्पाङले भने- हिँड्नुस् ढुङ्गा बोक्न जाऔँ (भिडियो सहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी भएका छन्। ‘प्रचण्ड’ले शुक्रबार विरुवारोपण कार्यक्रममा कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए।

नेपालभ्युज

वृक्षारोपणमा सहभागी प्रचण्डलाई मेयर साम्पाङले भने- हिँड्नुस् ढुङ्गा बोक्न जाऔँ (भिडियो सहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी भएका छन्। ‘प्रचण्ड’ले शुक्रबार विरुवारोपण कार्यक्रममा कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए।

धरानका लागि खानेपानीकाे मुहान संरक्षण गर्ने भन्दै मेयर साम्पाङको नेतृत्वमा धरानमा वृक्षारोपण अभियान चलिरहेको छ। सोही विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले भने, ‘‘सिङ्गै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ, हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’’

‘‘प्रचण्ड वृक्षारोपणमा सहभागी हुनुभयो। मेयरज्यूले उहाँलाई सार्दुखोलामा श्रमदान भइरहेको क्षेत्रको अवलोकन गर्न तथा ढुङ्गा बोक्न जाऔँ भन्नुभयो। तर प्रचण्ड जाने नजाने टु‌गो छैन।’’

वृक्षारोपणपछि मेयर साङ्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान भइरहेको क्षेत्र अवलोकनको लागि प्रस्ताव गरेका छन्।

कार्यक्रममा सहभागी धरान उपमहानगरका एक अधिकारीले भने, ‘‘प्रचण्ड वृक्षारोपणमा सहभागी हुनुभयो। मेयरज्यूले उहाँलाई सार्दुखोलामा श्रमदान भइरहेको क्षेत्रको अवलोकन गर्न तथा ढुङ्गा बोक्न जाऔँ भन्नुभयो। तर प्रचण्ड जाने नजाने टु‌गो छैन।’’


एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई निम्तो दिएका थिए। उनले सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए। ‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ! उहाँले हुन्छ भन्नु भो ! हेरौँ कहिले आउनु हुन्छ !,’ मेयर साङपाङले सामाजिक सञ्जालमा लेखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved