जसरी पनि एमालेले चुनाव जित्नैपर्छ, हार्न मिल्दैन : ओली

एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेपालभ्युज

जसरी पनि एमालेले चुनाव जित्नैपर्छ, हार्न मिल्दैन : ओली

काठमाडौ। नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक शुक्रबारबाट सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । मंसिरमा हुने निर्वाचन केन्द्रीत बैठकमा छलफलका लागि बिहीबार बसेको पोलिटब्युरो बैठकले ११ वटा प्रस्ताव तय गरेको छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव जसरी पनि जित्नुपर्ने  बताएका छन्। शुक्रबार एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै जनताको समर्थनबाट एमालेले जित्नै पर्ने बताएका हुन्। ओलीले भने, ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ। जनताको समर्थनबाट जित्नैपर्छ। एमालेले चुनाव हार्न मिल्दैन।’

इतिहासका निर्माता जनता हुन् भन्दै उनले भने, ‘एमाले विजयीको यात्रामा लम्किनुपर्छ। यस्तो बेलामा हाम्रो अगाडि संघ र प्रदेशको निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वतन्त्र निष्पक्ष बनाउन प्रभावकारी भूमिका खेल्नुपर्छ।’ ओलीले समृद्ध नेपाल सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको स्पष्ट पारे।

दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशन दिएका छन्।

केन्द्रीय कमिटीको बैठकमा ११ वटा एजेन्डा प्रस्तुत भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved