विन्ध्यवासिनी मन्दिरबाट दानपेटिका चोरी

नेपालभ्युज

विन्ध्यवासिनी मन्दिरबाट दानपेटिका चोरी

पोखरा। पोखराको विन्ध्यवासिनी मन्दिरबाट दान पेटिका चोरी भएको छ। कृष्ण जन्माष्टमीको  राति  मन्दिरबाट दानपेटिका चोरी भएको हो ।
दानपेटिका चोरी गरेको आरोपमा प्रहरीले पोखरा २५ हेम्जा भोटेक्याम्पका जिम्मी दोर्जेलाई पक्राउ गरेको छ ।

प्रहरीको सुरक्षामा रहेको मन्दिर परिसरबाटै उनले पटेका चोरी गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार प्रहरी रहेकै मन्दिरमा चोरी हुनु सामान्य कुरा होइन । ‘४–५ जना प्रहरी बस्छन् । मन्दिर परिसरभित्र प्रहरीको विट नै खडा गरिएको छ तर,पनि चोरी भयो’ उनले भने । उनले पछिल्लो समय समाचार हेर्दा पोखरा असुरक्षित देखिँदै आएको बताए ।प्रहरी शौचालय गएको बेलामा चोरी भएको भनिएको उनले बताए ।

३० वर्षीय दोर्जेलाई दानपेटिकासहित पक्राउ गरेको हो । तर, दानपेटिकामा कति रकम थियो भन्ने कुरा अझै खुलेको छैन । दोर्जेलाई प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एव‌ं डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved