सनसिल्कले ल्यायो नेपाली बजारमा तीन नयाँ प्याक

नेपालभ्युज

सनसिल्कले ल्यायो नेपाली बजारमा तीन नयाँ प्याक

काठमाडौं। संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्रान्ड सनसिल्कले नेपाली बजारमा तीन नयाँ प्याक ल्याएको छ । वर्षौंदेखि उपभोक्तामाझ प्रिय बन्दै आइरहेको  सनसिल्कले युवतीहरूमा लुकेको सम्भावनाहरू उजागर गर्न र हर प्रकारका सम्भावनाहरूका लागि उनीहरूको केशलाई तयार बनाउन सनसिल्कले दशकौंदेखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।

नेपालको महान् चाडमा आफ्ना ग्राहकहरूको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले ‘बडा दशैं २०७८ को अवसरमा एक डिजिटल प्रतियोगीता सनसिल्क दशैं भाइब्स अभियान सुरु गरेको थियो, जुन अभियान भव्य रूपमा सफल पनि भएको थियो । उक्त अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै ‘सनसिल्क ग्याङ अफ गर्ल्स’को एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका कम्पनीले दिएको थियो ।

आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्रान्ड एम्बेसडर द्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगीताको विजेताहरूको रूपमा उनीहरुले यस वर्षको “सीमित विशेष दशैं प्याक (Dashain Special Limited Edition Packs)” मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिँदै छ । यो नयाँ प्याकमा ३ भिन्न प्रकार रहेका छन्,  हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट ।

नेपालको लाखौं घरहरूमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ ।यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरूमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलोपटक पेस गरिएको हो ।

युनिलिभरका प्रबन्ध निर्देशक श्री आमलन मुखर्जीले भने, “लाखौं उपभोक्ताहरूद्वारा रुचाइएको र देशभर बिक्र हुने, सनसिल्क नि:सन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्रान्ड हो । गत वर्ष दशैंको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगिताको विजेताहरू सनसिल्क ग्याङ अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगिता आफैँमा एक अभूतपूर्व सफल अभियान थियो ’ उनले भने, ‘ सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरूले सम्भावनाहरूलाई व्यापक बनाउन पाउँछन् तब उनीहरू उत्साहित हुने गर्दछन् र हामीले उनीहरुलाई उनीहरूको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्रान्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौं ।हामी विश्वास गर्दछौं, सौन्दर्य सरल छ र धेरै तरिकाहरुबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताहरूले मनाउने स्थानीय चाडपर्व र संस्कृतिसँगै हाम्रा ब्राण्डलाई आबद्ध गराउन चाहन्छौं । सनसिल्क ग्याङ अफ गर्ल्सको सक्रियता र सनसिल्क दशैं भाइब्स त्यस्तै प्रयासहको अंग हुन् ।’

महान् चाड दशैं नजिकिंदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दशैं भाइब्स दोस्रो वर्षको लागि पनि शुरु गर्ने तयारी गरिरहेको छ, जसले लाखौं नेपाली नेपाली युवतीहरूलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरि पनि प्रदान गर्ने कम्पनीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved