उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा पुर्‍याउनुपर्नेमा जोड

नेपालभ्युज

उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा पुर्‍याउनुपर्नेमा जोड
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उत्तर कोरियाको सम्बन्धलाई जनस्तरमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन ।

नेपाल–कोरिया मैत्री संघ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले कोरियाली सेनालाई निर्देशन दिएको ६२ औँ वर्ष पुगेका अवसरमा आज काठमाण्डौंमा आयोजना गरिएको कार्यक्रममा कोरियाका जनताले स्वतन्त्रता र स्वाधीनताका लागि देखाएको एकताको सराहना गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारको सम्बन्धलाई अब जनतासम्म पुर्‍याउनु पर्ने बताए ।

नेकपा मालेका महासचिव सिपी मैनालीले वैदेशिक हस्तक्षेपलाई निस्तेज गरी कोरियाले आफ्नो राष्ट्रियता संरक्षणका लागि देखाएको दृढताबाट नेपालले शिक्षा लिनुपर्ने विचार व्यक्त गरे ।
राजनीतिक विश्लेषक सुरेन्द्र केसीले रोजगारीका साथै अवसरका खोजीमा करिब ८० लाख युवाशक्ति विदेशिएको अहिलेको समयमा नेपालमा गरिने कुनै पनि क्रान्ति सफल नहुने विचार व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved