केन्या जाने नेपाली क्रिकेट टोलीको बिदाइ, प्रभाकरको परीक्षा

नेपालभ्युज

केन्या जाने नेपाली क्रिकेट टोलीको बिदाइ, प्रभाकरको परीक्षा

काठमाडौं । केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार अपरान्ह टोलीलाई बिदाइ गरेको हो ।

नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछन् । राष्ट्रिय क्रिकेट टोलीमा मनोज प्रभाकर मुख्य प्रशिक्षक बनेपछि नेपालले खेल्न थालेको यो पहिलो प्रतियोगिता हो ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव

खेल तालिका:

टी-ट्वान्टी –

– पहिलो भदौ ९ गते ।

– दोस्रो भदौ १० गते ।

– तेस्रो भदौ १२ गते  ।

– चौथो भदौ १३ गते ।

– पाँचौ १४ गते ।

 

एकदिवसीय –

– पहिलो  भदौ १७ ।

-दोस्रो भदौ १८ गते ।

-तेस्रो भदौ २० गते ।

सबै खेल पौने १२ बजे शुरु हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved