सहमतिपछि निहारिकाले तोडिन अनशन

नेपालभ्युज

सहमतिपछि निहारिकाले तोडिन अनशन

काठमाडौं । निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । आइतबार राति कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले १७ दिनमा अनशन तोडेकी हुन् ।

राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन सुरु गरेकी थिइन् ।

अनशन तोड्दा उनको माग बमोजिम आरोपी शिवराज श्रेष्ठसँग डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरमा माग गर्ने सहमति भएको छ । उनको मुद्दा अदालतमा विचाराधीन भएकाले सरकारी वकिलले यससम्बन्धी माग गर्ने सहमति गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले ३१ साउनमा श्रेष्ठलाई पक्राउ गरेको छ । उनले निहारिकासँग सम्बन्ध भएपनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

श्रेष्ठले डीएनए जाँच गरिए त्यसलाई सघाउने बताउँदै आएका छन् । निहारिकाले डीनएन मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी छन् ।

सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाले हस्तक्षर गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रोहवरका रुपमा हस्ताक्षर गरेका छन् ।

सहमति पत्र:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved