नाकामा सामान रोकिएपछि सरकारसँग व्यवसायीको आग्रह

नेपालभ्युज

नाकामा सामान रोकिएपछि सरकारसँग व्यवसायीको आग्रह

काठमाडौं । चिनियाँ नाकामा आएर सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । नाकामा सामान रोकिएपछि समस्याको समाधान गर्न  सरकारसँग व्यवसायीहरूले आग्रहसमेत गरेका छन् ।

नेपालीहरूको महान् पर्व दशैं तथा तिहार नजिकिएका बेला नाकामा सामानहरू रोकिएपछि व्यवसायीहरू अन्योल र चिन्तित बनेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् ।

सिमानामा यहीँ किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरू पलायन हुन सक्ने खतरा बढेको भन्दै समयमै यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved