सोमालियामा होटल कब्जामा लिएका विद्रोही र सेनाबीच ३० घण्टासम्म लडाइँ, १२ जनाको ज्यान गयो

सोमालियाको राजधानी मोगादिशुमा एक होटल कब्जामा लिएका विद्रोही र सेनाबीचको लडाइँमा १२ जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् । रक्तपातपूर्ण संघर्षपछि राजधानीको एउटा होटलमा आक्रमण गर्ने आतङ्ककारीलाई पराजित गरेको सेनाले दाबी गरेको छ ।

नेपालभ्युज

सोमालियामा होटल कब्जामा लिएका विद्रोही र सेनाबीच ३० घण्टासम्म लडाइँ, १२ जनाको ज्यान गयो
सोमालियाको राजधानी माेगादिशुमा विद्रोहीले आक्रमण गरेको होटलमा सुरक्षा दिँदै सेना । तश्वीर : बीबीसी

मोगादिसु। सोमालियाको राजधानी मोगादिशुमा एक होटल कब्जामा लिएका विद्रोही र सेनाबीचको लडाइँमा १२ जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् । रक्तपातपूर्ण संघर्षपछि राजधानीको एउटा होटलमा आक्रमण गर्ने आतङ्ककारीलाई पराजित गरेको सेनाले दाबी गरेको छ ।

३० घन्टासम्म चलेको उक्त लडाइँमा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।  यद्यपि स्थानीय सञ्चारमाध्यमले मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएको छ। “अहिलेसम्म हामीले १२ जनाको ज्यान गएको पुष्टि गरेका छौँ, जसमा धेरैजसो सर्वसाधारण नागरिक छन् ।” एक जना गुप्तचर अधिकारी मोहम्मदले शनिबार रोयटर्स समाचार एजेन्सीलाई भनेका छन्।

आक्रमणकारीहरूले शुक्रबार मोगादिसुको हयात होटलमा प्रवेश गर्न विस्फोटक पदार्थ प्रयोग गरी हिंसात्मक रूपमा नियन्त्रणमा लिएर रातभर पाहुनाहरूलाई बन्धक बनाएका थिए। इस्लामिक चरमपन्थी समूह अल-शबाबले आक्रमणको जिम्मेवारी लिएको छ।

“सुरक्षा बलहरूले अहिले घेराबन्दी समाप्त गरिसकेका छन् र बन्दुकधारीहरू मारिएका छन्, विगत एक घण्टामा भवनबाट कुनै पनि बन्दुकको गोली चलेको छैन । ” एक अधिकारीले एएफपी समाचार एजेन्सीलाई भनेका छन्।

शुक्रबार राति र शनिबार सुरक्षा बलहरूले गरेको तीव्र बमबारीपछि होटल ध्वस्त भएको छ।

एक प्रहरी अधिकारीले रोयटर्सलाई बताए अनुसार शुक्रबार साँझ होटलमा पहुँच प्राप्त गर्न विद्रोहीले दुई कार बम विष्फोट गराएका थिए ।  मोगादिसुको मुख्य ट्रमा अस्पतालका निर्देशकले होटल आक्रमण र राजधानीको अर्को क्षेत्रमा छुट्टै मोर्टार आक्रमणमा घाइते भएका कम्तीमा ४० जनाको उपचार भइरहेको बताए।

सोमालियामा अल-कायदाको सहयोगी अल-शबाब संघीय सरकारसँग लामो समयदेखि द्वन्द्वमा संलग्न छ। यो समूहले धेरैजसो दक्षिणी र मध्य सोमालियालाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय सरकारद्वारा नियन्त्रित क्षेत्रहरूमा पनि आफ्नो प्रभाव विस्तार गर्न सक्षम भएको छ।सोमालियाका नयाँ राष्ट्रपति हसन शेख मोहम्मद मे महिनामा निर्वाचित भएपछि शुक्रबारको आक्रमण राजधानीमा भएको पहिलो आक्रमण हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved