गिरिको निधनबाट एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ : राष्ट्रपति भण्डारी

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रतिव दुख व्यक्त गर्नुभएको छ । उहाँले गिरिको निधनबाट देशले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved