सामाजिक संजालमा हर्क-बालेनको ‘दोहोरी ब्याटल’

नेपालभ्युज

सामाजिक संजालमा हर्क-बालेनको ‘दोहोरी ब्याटल’

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । काठमाडौंको फोहोर व्यवस्थापनको बारेमा मेयर साम्पाङले बेला बेला सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आएका छन् ।

मेयर साम्पाङले बुधबार साँझ सामाजिक संजालमा लेखे, ‘‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’

फोहोर व्यवस्थापनको तनावमा जेलिएका मेयर शाहले साम्पाङलाई जवाफ फर्काए, ‘हो नि। तपाईँकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि।’

प्रत्युत्तरमा बुधबार राति मेयर सामपाङले पुनः लेखेका छन्, ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved