माओवादीसँग एकता गर्न संयोजन समिति बनाउन एकीकृत समाजवादी तयार

नेपालभ्युज

माओवादीसँग एकता गर्न संयोजन समिति बनाउन एकीकृत समाजवादी तयार
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि संयोजन समिति बनाउन तयार भएको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले एकता संयोजन समिति बनाएर अघि बढ्ने निर्णय गरेको उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले पार्टी एकता संयोजन समितिमा एकीकृत समाजवादीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता रहनुपर्ने सुझाव पनि  दिएको  छ ।

यस्तै, भदौ ९ गते पार्टी पुनर्गठन दिवस मनाउने निर्णय  पनि गरिएको छ । यस्तै बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको छ । बैठकले आउँदाे चुनावकाे लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved