चुनावपछि माओवादीसँग पार्टी एकता गर्न एकीकृत समाजवादी तयार

नेपालभ्युज

चुनावपछि माओवादीसँग पार्टी एकता गर्न एकीकृत समाजवादी तयार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी चुनावपछि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने तयारी थालेको छ । बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए ।

त्यस्तै, बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णयसमेत गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो ।

भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णयसमेत बैठकले गरेको खतिवडाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved