गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन– कमल थापा

नेपालभ्युज

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन– कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद अब आवश्यक नरहेको बताएका छन्।  गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताएका हुन्।

‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ बुधबार उनले ट्विटरमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’

मंगलबार सम्पन्न भएको केन्द्रीय समितिको बैठकले पार्टीलाई पूर्ण रूपमा निर्वाचन केन्द्रित गराउने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved