फोहोरको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीद्वारा अश्रुग्यास र हवाइफायर

नेपालभ्युज

फोहोरको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीद्वारा अश्रुग्यास र हवाइफायर

काठमाडौं । फोहोरको गाडी लिएर अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको छ । बञ्चरेडाँँडाका स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको हो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेका थिए । तर, डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि थप झडप भएको वडाध्यक्ष तामाङले बताए । मैनालीले फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved