ऐना युनिसेक्स सलुनले मनायो पहिलो वार्षिकोत्सव

थापाथलीस्थित ब्लुबर्ड मलमा रहेका ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ। खुसी पाठक सञ्चालिका रहेको ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको हो। एयर होस्टेज पेशादेखि अमेरिकासम्म पुगेर फर्किएपछि खुसीले व्यवसाय शुरु गरेकी हुन्।

नेपालभ्युज

ऐना युनिसेक्स सलुनले मनायो पहिलो वार्षिकोत्सव

काठमाडौं। थापाथलीस्थित ब्लुबर्ड मलमा रहेका ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ। खुसी पाठक सञ्चालिका रहेको ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको हो। एयर होस्टेज पेशादेखि अमेरिकासम्म पुगेर फर्किएपछि खुसीले व्यवसाय शुरु गरेकी हुन्।

पहिलो वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न अनिश्चितता र चुनौतीकाबीच पहिलो वर्ष पार गरेको बताइन्।
दोस्रो वर्षमा प्रवेश गरेको ऐना युनिसेक्स सलुनले वार्षिक उत्सवको अवसरमा ३० प्रतिशतसम्म छुट दिएको छ। ऐनाले भदौ १० गतेसम्म आफ्ना सेवामा छुट दिएको जनाएको छ।

पुरानो प्रचलनअनुसार पार्लर महिला मात्र जाने भन्ने हुन्छ तर युनिसेक्स पार्लरमा सबै आउने सुविधा रहेको उनले बताइन्। उनले भनिन्, ‘‘अहिले हाम्रो समाजको सोच पनि बदलिसकेको छ। त्यसले गर्दा पनि महिला पुरुष दुवै आउँछन्।’’


कार्यक्रममा अभिनेत्री गौरी मल्लले व्यवसायमा युवा पुस्तालाई ल्याउन राज्यले उत्प्रेरणा दिनुपर्ने बताइन्। ऐनाले हेयरकट, ब्राइडल मेकअप, फेसियल, मेनिकेयर, पेडिकेयर, कपाल हाइलाइटलगायत कपालसम्बन्धी सम्पूर्ण ट्रिटमेन्ट सेवा दिइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved