निर्वाचन आयोगले माग्यो प्रचण्डसँग चुनावी खर्चबारे जानकारी

नेपालभ्युज

निर्वाचन आयोगले माग्यो प्रचण्डसँग चुनावी खर्चबारे जानकारी
फाइल तस्वीर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावमा करोडौं खर्च हुने भनेर दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले जानकारी मागेको छ । आयोगले पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आयोगले तोकेको हदभन्दा बढी खर्च हुने गरेको भनि अभिव्यक्ति दिएको भन्दै सूचना उपलब्ध गराउन पत्र पठाएको हो ।

आयोगका अनुसार प्रचण्डका नाममा माओवादीको केन्द्रीय कार्यालयमा पत्र पठाइए पनि बुझ्न नमानेपछि हुलाकमार्फत पुन: पठाइएको छ ।

आयोगको पत्रमा देशको पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा जिम्मेवार दलको नेताले दिएको अभिव्यक्तिलाई आयोगले गम्भीरताका साथ लिई प्रमाणका रूपमा प्रयोग गर्न सक्ने भन्दै तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा खर्चविवरण नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिएको उल्लेख गरेको छ ।

अध्यक्ष प्रचण्डले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ९औं स्मृति दिवस कार्यक्रममा गाउँपालिका अध्यक्षले नै १० करोड खर्च गर्नुपर्ने अवस्था आएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved