अमेरिकी कांग्रेसको पाँच सदस्यीय टोली ताइवानमा,चीन आक्रोशित 

नेपालभ्युज

अमेरिकी कांग्रेसको पाँच सदस्यीय टोली ताइवानमा,चीन आक्रोशित 
तश्वीर : रोयटर्स

ताइवान।  अमेरिकी कांग्रेसको पाँच सदस्यीय टोली ताइवान भ्रमणमा पुगेको छ । सभामुख न्यान्सी पेलोसीको विवादास्पद भ्रमणको १२ दिनपछि कांग्रेसका पाँच सदस्यहरू ताइवान पुगेका हुन् ।

ताइपेइमा रहेको अमेरिकी दूतावासले भ्रमणको जानकारी दिँदै उनिहरु दुई दिनसम्म ताइवानमै रहने बताएको छ । डेमोक्र्याटिक सिनेटर एड मार्केको नेतृत्वमा पाँच सदस्यहरूले ताइवानी नेताहरूसँग क्षेत्रीय सुरक्षा, व्यापार र लगानीलगायतका विषयमा छलफल गर्नेछन्।उक्त समूहले सोमबार राष्ट्रपति साई इङ–वेनलाई भेट्ने कार्यक्रम रहेको छ ।

अगस्टको सुरुमा पेलोसीको भ्रमणपछि चीनले ताइवानको वरिपरि सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो। बेइजिङले स्व-शासित ताइवान टापुलाई आफ्नै क्षेत्रको रूपमा हेर्छ र चीनको भूमिसँग पुनर्मिलन हुनुपर्छ भन्दै आएको छ । यसको लागि बल प्रयोग गर्न पनि तयार रहेको चीनको भनाई छ ।

बेइजिङले ताइवान नजिकै सैन्य अभ्यास जारी राखेको छ।यसअघि आइतवार, ताइपेईले ताइवान स्ट्रेट र वरपर २२ चिनियाँ विमान र छवटा नौसेना जहाजहरू पत्ता लगाएको बताएको थियो। ताइवानको अमेरिकन इन्स्टिच्युले एक विज्ञप्तिमा कांग्रेस  टोलीको भ्रमण इन्डो-प्यासिफिक क्षेत्रको व्यापक भ्रमणको एक हिस्सा भएको जनाएको छ।राष्ट्रपति साईको कार्यालयले महीनाको दोस्रो उच्चस्तरीय अमेरिकी भ्रमणले ताइवानलाई “फटाफट समर्थन” गरेको बताएको छ।

अमेरिकाले ताइवानलाई आधिकारिक रूपमा मान्यता दिएको छैन । तर ताइवानसँग बलियो सम्बन्ध कायम राख्दै आएको छ । अमेरिकाले ताइवानलाई आफ्नो रक्षा गर्न हतियार बेच्ने सम्झौता गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved