राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक अब के हुन्छ ?

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक सरकारले अघि बढाउन चाहे त्यसलाई अब फेरि संसद्‌मा पुरानै प्रक्रिया बाट अघि बढ्नुपर्छ । विधेयक फेरि प्रतिनिधिसभामा टेबुल गरेर विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नुपर्छ ।

नेपालभ्युज

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक अब के हुन्छ ?

काठमाडौं।  नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गर्न अस्वीकार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएकि छिन् । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेशमार्फत पठाएको विधेयक क्षणभरमै प्रमाणिकरण गरेकी भण्डारीले दुवै संसदले पारित गरेको विधेयक भने फिर्ता गरेकी छिन । अब यो विधेयक के हुन्छ भन्ने प्रश्न उठेको छ ।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक सरकारले अघि बढाउन चाहे त्यसलाई अब फेरि संसद्‌मा पुरानै प्रक्रिया बाट अघि बढ्नुपर्छ । विधेयक फेरि प्रतिनिधिसभामा टेबुल गरेर विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नुपर्छ । त्यसपछि उक्त विधेयकमा ७२ घन्टाको संशोधन हाल्ने समय दिनुपर्छ । त्यसपछि प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाउन पनि सक्छ सभाबाटै टुंग्याउन पनि सक्छ ।

यो प्रक्रियाबाट प्रतिनिधि सभाबाट पास भएपछि उक्त विधेयक राष्ट्रियसभामा पठाइन्छ । राष्ट्रिय सभाले पनि प्रतिनिधि सभाकै जस्तो प्रक्रिया पूरा गरेपछि सन्देशसहित प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । यसरी पठाएको विधेयक राष्ट्रपतिले फेरि फिर्ता गर्न मिल्दैन ।

अब सरकारले विधेयकलाई पुन: संसदमा टेबुल गर्छ या गर्दैन भन्ने विषय हेर्न बाँकि नै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved