प्युठानमा जीप दुर्घटना, २५ दिने बालिकासहित ३ को मृत्यु

नेपालभ्युज

प्युठानमा जीप दुर्घटना,  २५ दिने बालिकासहित ३ को मृत्यु

काठमाडौं । प्युठानमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्य भएको छ। नौबहिनी गाउँपालिका ६ बाहानेमा आइतबार साँझ लु १ ज १५४५ नम्बरको जीप दुर्घटना १३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बागदुलाबाट डार्मीतर्फ जाँदै गरेको जीप बाहाने बजार नजिकैको घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

सो दुर्घटनामा  नौबहिनी ५ डार्मीकी ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको बताइएको छ ।

दिदी बहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने  अन्यको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved