काठमाडौं आएका हर्क साम्पाङले भने, ‘प्रधानमन्त्री र मन्त्री बस्ने सहरको अवस्था बिजोग रहेछ, श्रमदान गर्न मन लाग्यो’

नेपालभ्युज

काठमाडौं आएका हर्क साम्पाङले भने, ‘प्रधानमन्त्री र मन्त्री बस्ने सहरको अवस्था बिजोग रहेछ, श्रमदान गर्न मन लाग्यो’

काठमाडौं ।  देशको राजधानी आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यहाँको अवस्था  बिजोग रहेको टिप्पणी गरेका छन् । उनले काठमाडौंको यस्तो अवस्था देखेर आफूलाई श्रमदान गर्न मन लागेको समेत बताए ।

सडकमा यत्रतत्र थुप्रिएको फोहोर देखेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्री बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

ल्यान्डफिल साइटको समस्या र स्थानीय बासिन्दाको अवरोधका कारण अहिले काठमाडौंको फोहोर उठ्न सकेको छैन । धरान उपमहानगरपालिकाको विकासबारे छलफल गर्न साङ्पाङ काठमाडौं आएका हुन् । उनले धरानमा जनश्रमदानलाई जोड दिएका छन् । शनिबार मात्रै हजारौं नागरिक जम्मा गरेर उनले बृक्षारोपण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved