प्रिमियर लिग : आर्सनलले लेस्टरलाई हरायो, बर्नमाउथको पोष्टमा म्यानचेस्टर सिटीको ४ गोल

साविक विजेता म्यानचेस्टर सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले हराएको छ ।

नेपालभ्युज

प्रिमियर लिग : आर्सनलले लेस्टरलाई हरायो, बर्नमाउथको पोष्टमा म्यानचेस्टर सिटीको ४ गोल

काठमाडौं।  इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले  लेस्टर सिटीलाई हराएको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले हरायो ।

आर्सनललाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे । ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक/एक गोल गरे । लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले एक एक गोल फर्काए । आर्सनलले लगातार दोस्रो जित पनि निकाल्दै ६ अंक जोडेको छ ।  हारेको लेस्टको १ अंक छ ।

शनिबार रातीको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे । यस जितसँगै सिटीले नयाँ सिजन लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ ।

शनिबार नै भएका अरु खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२ गोलको बराबरी खेलेका छन् ।

ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेलेका छन् । एस्टन भिल्लाले एभर्टनलाई हराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved