म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, तालिकाको पुछारमा झर्यो

नेपालभ्युज

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, तालिकाको पुछारमा झर्यो

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटलबमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । शनिबार राती भएको खेलमा युनाइटेड ब्रेन्टफोर्डसँग ४-0 गोलले पराजित भयो ।

हार बेहोरेसँगै युनाइटेडले आफ्नो प्रिमियर लिग इतिहासकै खराब सुरुवात गर्न पुगेको छ । खेलको दशौं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।  १८ औं मिनेटमा माथिअस जेन्सनले युनाइटेडको अग्रता दोब्बर पारे ।  ३० औं मिनेटमा बेन मीले  तेस्रो र ३५ मिनेटमा ब्रायन एम्बुएमोले चौथो गोल गरे ।

खेलमा रोनाल्डो सुरुवाती रोजाइमा रहेपनि उनले खासै प्रभाव जमाउन सकेनन् । युनाइटेड दुवै खेलमा हार बेहोरेपछि कुनै अंक नजोडी पुछारमा छ । दुई खेलमा ६ गोल खाएको युनाइटेडले १ गोल मात्र गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved