ओली र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आगामी चुनावमा तालमेल गरेर जाने विषयमा छलफल भएको छ।

नेपालभ्युज

ओली र  लिङ्देनबीच चुनावी तालमेलबारे छलफल 

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आगामी चुनावमा तालमेल गरेर जाने विषयमा छलफल भएको छ।

शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो।

उहाँहरूबीच चुनावमा सहकार्यलगायत विषयमा कुराकानी भएको नेताहरुले बताए।

लिङ्देन झापा ३ मा चुनाव लड्दैछन। २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए। उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई पराजित गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved