राजनीतिक बेथितिले गर्दा डाक्टरले बिरामी जाँच्दा पनि कुन पार्टिको हो भन्ने दिन आउन सक्छ : रवि लामिछाने

नेपालभ्युज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश चरम राजनीतिक अवस्थामा जेलिएको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै उनले सानो काम देखि ठूलो काम राजनितिक दलको आडमा मात्र गर्न सकिने बताएका हुन् ।

उनले पछिल्ला दिनहरूमा राजनीतिक अस्थिरताको कारण डाक्टरले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टीको हो भनेर जाँच गर्ने दिन आउन सक्ने बताए । सभापति लामिछाने जनतालाई विभिन्न झुठा आश्वासन देखाएर जनताको पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए ।

उनले मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारखाना बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको पनि बताए । उनले राम्रो कपडा बन्ने हेटौंडा कपडा उद्योग कसले बन्द गर्‍यो भन्ने प्रश्न गर्दै त्यसको हिसाब खोज्नुपर्ने बताए । उनले राम्रो लुगा लगाउँछु भन्दा बजार भर खोज्दा पनि नपाइने स्थिति बनेको र त्यसको हिसाब आफूहरूले गरेरै छोड्ने उनले बताए ।

उनले  हेटौंडा कपडा उद्योग बन्द भएको र हेटौंडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताए । उनले हेटौंडामै भएको निजी सिमेन्ट उद्योगहरू नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौं घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र भएको काम भने केही अघि बढ्न नसकेको बताउँदै सोच्नुपर्ने अवस्था आएको बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्‍याउन अनुरोधसमेत गरे । सही नेतृत्व चुन्न सके मात्र देश परिवर्तन गर्न सकिने लामिछानेको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved