रेखा थापाले भेटिन् केपी ओलीलाई

अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन्।

नेपालभ्युज

रेखा थापाले भेटिन् केपी ओलीलाई

काठमाडौं। अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छिन्।

ओली निवास बालकोटमा भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित भएको फोटो रेखाले सार्वजनिक गरेकी छिन्। भेट भएको दुई दिनपछि मात्रै फोटो सार्वजनिक भएको छ।

समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको रेखाले बताइन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र राप्रपाबीच चुनावी तालमेल हुनसक्ने आँकलन भइरहँदा ओलीसँग रेखाको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved