बिजुली विक्रीबाट प्राधिकरणलाई ८८ अर्ब आम्दानी,समयमै महसुल तिर्ने ग्राहकलाई ९८ करोड रुपैयाँ छुट

नेपाल विद्युत प्राधिकरणले बिजुली विक्रिबाट एकै वर्ष ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

नेपालभ्युज

बिजुली विक्रीबाट प्राधिकरणलाई ८८ अर्ब आम्दानी,समयमै महसुल तिर्ने ग्राहकलाई ९८ करोड रुपैयाँ छुट

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुली विक्रीबाट एकै वर्ष ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गएको आर्थिक वर्ष १६४ प्रतिशतले नाफा बढाएको प्राधिकरणले गएको आर्थिक वर्ष २०७८/७९मा बिजुली विक्रीबाटै ८८ अर्ब रुपैयाँ आम्दानी गरेको हो । जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ । गएको आर्थिक वर्षमा उर्जा खपत २७ प्रतिशतले बढेको छ ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।
प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ । विद्युत प्रणालीमा आव ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

आव २०७८/७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताए । चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाईअघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाएको घिसिङले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved