प्राध्यापकलाई प्रधानमन्त्रीको आग्रह-शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिनु

नेपालभ्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपाल प्राध्यापक सङ्घको ६०औँ हीरक महोत्सवको बिहिबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रुपमा समाधान गर्नुपर्ने उनको भनाइ छ ।

‘कुनै पनि देशको विकास त्यस देशको शैक्षिक गुणस्तरका आधारमा मापन हुन्छ । त्यसैले इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालायले समाजमा आवश्यक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति तयार गर्नुपर्छ । त्यसमा प्राध्यापकहरुले पूर्ण जिम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गर्दछु’, उनले भने ।

उनले  विश्वविद्यालयको पठनपाठन गुणस्तरीय, जीवनापयोगी, रोजगारमुखी, समसामयिक र प्रविधिमैत्री बनाइ उच्च शिक्षालाई रोजगारमूलक बनाउन आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved