‘सुपर डान्सर नेपाल’ बिहीबार रातिदेखि

‘सुपर डान्सर नेपाल’ बिहीबार राति ९ बजेदेखि शुरु हुने भएको छ। कान्तिपुर टेलिभिजन मार्फत यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रशारण हुनेछ।

नेपालभ्युज

‘सुपर डान्सर नेपाल’ बिहीबार रातिदेखि

काठमाडौं। ‘सुपर डान्सर नेपाल’ बिहीबार राति ९ बजेदेखि शुरु हुने भएको छ। कान्तिपुर टेलिभिजन मार्फत यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रशारण हुनेछ।

यो रियालिटी शोको जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन्। कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई रहेका छन्। कार्यक्रमको निर्देशकको भूमिकामा भूषण दाहाल रहेका छन्।

भारतीय सर्वाधिक लोकप्रिय मनोरञ्जन टेलिभिजन च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले टेलिभिजन लोकप्रियको आधारमा गरिने रेटिङ (टीआरपी) अग्रस्थानमा छ। नेपालमा पनि यो रियालिटी शोले दर्शकहरुको मन जित्ने विश्वास गरिएको छ।

काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल र नेपालगञ्जमा फिजिकल अडिसन गरिनुका साथै नेपाल बाहिरका नेपालीभाषी रहेका स्थानका प्रतिभालाई समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन गरिएको थियो।

‘सुपर डान्सर नेपाल’ बालबालिकाहरुको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै रियालिटी शो हुने विश्वास गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved