फिफा विश्वकप : निर्धारित समयभन्दा एक दिनअघि सार्ने तयारी

नेपालभ्युज

फिफा विश्वकप : निर्धारित समयभन्दा एक दिनअघि सार्ने तयारी

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अनुमति दिएमा कतार फुटबल संघले आसन्न विश्वकपको उद्घाटन निर्धारित मितिभन्दा एक दिन अगावै गर्ने तयारी भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार कतारको यो प्रस्तावमा  सहमति जनाएमा आयोजक राष्ट्र कतारले इक्वेडरसँग खेल्दै नोभेम्बर २० तारिखमा विश्वकपको सुरुआत हुनेछ ।

यसअघि  आयोजक कतार र इक्वेडरबीचको खेल प्रतियोगिताको तेस्रो खेलको रूपमा  र  समूह ‘ए’ को उद्घाटन २१ नोभेम्बरमा हुने  कार्यतालिका रहेको थियो  ।

प्रतियोगिताको उद्घाटन खेल सोमबार बिहान १०ः०० बजे नेदरल्याण्ड्स र सेनेगलबीच हुने भनिएकोमा फिफाले कतारको खेल सार्ने प्रस्ताव पेस गरेको हो ।

प्रस्तावको  अन्तिम निर्णय भने फिफा काउन्सिलले  फिफाका ६ महादेशीय संघका प्रमुख र अध्यक्ष जियान्नी इन्फान्तिनोले गर्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved