टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलालाई ११ सय किमि टाढाबाट आएर पतिले गरे हत्या

सामाजिक सञ्जाल टिकटकमा सम्बन्ध विच्छेदको विषयमा कुरा गरेकी एक महिलाको पतिले हत्या गरेका छन् ।

नेपालभ्युज

टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलालाई ११ सय किमि टाढाबाट आएर पतिले गरे हत्या

शिकागो। सामाजिक सञ्जाल टिकटकमा सम्बन्ध विच्छेदको विषयमा कुरा गरेकी एक महिलाको पतिले हत्या गरेका छन् ।

अमेरिकाको शिकागोमा पाकिस्तानी-अमेरिकी महिला सानिया खाँनले पतिसँग सम्बन्ध विच्छेद गर्ने विषयमा आफ्ना अनुभुतिसहित जानकारी दिएकी थिइन । उनको टिकटक हेरेपछि ११ सय किलोमिटर टाढाबाट आएर पतिले सानियाको हत्या गरेको बीबीसीले जनाएको छ ।

यो घटना अघिल्लो महिनाको हो । टिकटकमार्फत सम्बन्ध विच्छेदको कुरा गरेर उनी शिकागोबाट टेनसी जाने तयारीमा थिइन् । तर उनका ३६ वर्षका पति राहेल अहमदले ११ सय किलोमिटर टाढाबाट आएर सानियाको गोली हानेर हत्या गरेको खबरमा उल्लेख छ ।

मारेपछि अहमदले आफैलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । सानिया र राहेलले ५ वर्षको प्रेम सम्बन्धपछि सन् २०२१ मा विहे गरेर सँगै बस्न थालेका थिए । तर बीचमा सम्बन्धमा दरार आएपछि दुवैले छुट्टिने निर्णय गरेका थिए ।

तर औपचारिक रुपमा सम्बन्ध विच्छेद भने भएको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved