निर्वाचनका लागि एमाले दल दर्ता गर्न जाँदै

नेकपा एमालेले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ। आज दिउँसो निर्वाचन आयोग पुगेर एमालेले दल दर्ताका लागि निवेदन दिने एमाले नेताहरूले बताएका छन्।

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ। आज दिउँसो निर्वाचन आयोग पुगेर एमालेले दल दर्ताका लागि निवेदन दिने एमाले नेताहरूले बताएका छन्।

निर्वाचन आयोगले आगामी प्रदेश र संघीय सदस्य निर्वाचनका लागि आईतबारदेखि दल दर्ता शुरु गरिसकेको छ। दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायत नेताहरू आयोग जाने बताइएको छ।

आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved