‘१० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएर भ्रम सृजना गरियो’

नेपालभ्युज

‘१० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएर भ्रम सृजना गरियो’

काठमाडौं ।  चिकित्सा शिक्षा आयोगले १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएर भ्रम सृजना गरेको बताएको छ ।

आयोगले सोमबार भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा आयोगअन्तर्गतको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा डा रमेशप्रसाद आचार्यले बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेकामा १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएर भ्रम सृजना गरेको बताएका हुन् ।

आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्रा डा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताए ।

यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसहरूमा पनि चिकित्सा शिक्षाको पहुँच वृद्धि हुँदै गएको बताए ।

उनले नेपालमा यो वर्ष २१ वटा संस्थामा एक हजार आठ सय ९५ विद्यार्थीले एमबिबिएस पढ्न पाउने व्यवस्था गरेको बताउँदै स्नातक तहमा दुई हजार दुई सय ३२ जना विद्यार्थीले छात्रवृत्ति पाउने बताए।

एमबिबिएसमा मात्रै चार सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको उल्लेख गर्दै उनले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न करिब एक हजार तीन सय सिट दिने गरेकामा एमबिबिएसमा मात्रै पाँच सय ५७ विदेशीले अध्ययन गर्न पाउने व्यवस्था गरेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved