कोसी बाढी पीडितलाई संघ र संगठनको राहत

नेपालभ्युज

कोसी बाढी पीडितलाई संघ र संगठनको राहत

उदयपुर । कोसी बाढीपीडितलाई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले राहत सामग्री उपलब्ध गराएका छन् ।

आइतबार संघ र संगठनका प्रतिनिधिले कोसीको पश्चिम कटानका कारण प्रभावित भई विस्थापित भएका बेलका नगरपालिकाका नागरिकहरूका लागि राहत उपलब्ध गराएका हुन् ।

दुवै संस्थाले संयुक्त रूपमा ११०० के.जी. चिउरा र ६०० लिटर खानेपानी वितरण गर्न बेलका नगरपालिकाकाको विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी र उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराईले संयुक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved