ओलीको टिप्पणी- वामपन्थीलाई प्रयोग गरेर वामपन्थी नै सिध्याउने खेल भएको छ

नेपालभ्युज

ओलीको टिप्पणी- वामपन्थीलाई  प्रयोग गरेर वामपन्थी नै सिध्याउने खेल भएको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपाल  बींडको भूमिकामा रहेको टिप्पणी गरेका हुन् ।

काँग्रेसको कडा आलोचना गरेका ओलीले  भने, ‘यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको लागि परमादेश जारी गरीपाऊँ भन्ने यीनै बीँड हुन् । ’

प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै उनले माओवादी र नेकपा एसका कार्यकर्तालाई सम्झाएर फकाएर फर्काउनुपर्ने बताए । उनले काँग्रेसमाथि पञ्चायतले दमन गरेको र काँग्रेसको शासनमा उसले दमन सुरु गरेको आरोप समेत लगाए ।

उनले पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता-पार्टीको अपमान गरेको बताउँदै भने, ‘अहिले त एउटा पत्रकार नचाहिने-नचाहिने काम गर्‍यो अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता हुँ भनेर कुदेको छ।’

उनले आक्रोश व्यक्त गर्दे भने,‘देशमा लोकतन्त्र ल्याउन बलिदान दिएर आएका, संघर्ष गरेर आएका, जेलनेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरूलाई अपमान गरेको छ। सबलाई चोर भनेको छ। अलिकति शरम हुनुपर्दैन ?

‘यसरी लोकतन्त्र ल्याएको नेताहरू पार्टीहरूलाई अपमान गरेको छ। तथानम बोलेको छ। कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ, उनले भने । यो सबै कुराहरूसँग हामी सतर्क हुनुपर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved