केहि ठाउँमा ठूलो वर्षा, सप्तकोसी र मेलम्ची आसपास विशेष सतर्कता जरूरी

नेपालभ्युज

केहि ठाउँमा ठूलो वर्षा, सप्तकोसी र मेलम्ची आसपास विशेष सतर्कता जरूरी
फाइल फोटो

काठमाडौं। देशका केहि ठाउँमा गएरातीदेखि ठूलो पानी परेको छ ।

सुनकोसी, दुधकोसी र तमोर नदीको जलाधार क्षेत्रमा गएरातीदेखि ठूलो  पानी परिरहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

सप्तकोसीका सहायक नदीमा ठूलो बाढी आइरहेकाले सप्तकोसीको चतरा आसपासमा विशेष सतर्कता जरूरी रहेको केन्द्रले जनाएको छ ।यस्तै सिन्धुपाल्चोको गुमथाङ, धाप र नकोटे आसपास पनि भारी वर्षा भएको छ ।

मेलम्ची र वलेफी नदीमा बाढी आएकाले  विहान १० बजेसम्मै सतर्कता अपनाउन केन्द्रको आग्रह छ ।

धनकुटाको मछुवाघाट र त्रिवेणी सोलुखुम्बुको सोलुखोला र साल्मे क्षेत्रमा पनि राती भारी वर्षा भएको छ ।

यस्तै, दोलखाको तामाकोसी नदी पनि गोंगर मापन केन्द्रमा सतर्कताको तह आसपास पुगेकाले सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved