हनी ट्रयापमा संलग्न दम्पतीलाई ७ वर्ष थुनामा राख्न माग

नेपालभ्युज

हनी ट्रयापमा संलग्न दम्पतीलाई ७ वर्ष थुनामा राख्न माग

काठमाडौं । हनी ट्रयापको आरोपमा पक्राउ परेका सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेतसहित ३ जना बारे अनुसन्धान पूरा भएको छ । साउन १ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले कल्पना, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । आपराधिक लाभ लिएको कसुरमा उनीहरूलाई ७ वर्ष कैद र ७० हजार जरिवाना गर्ने मागदाबी लिन प्रहरीले सरकारी वकिल कार्यालयलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

बौद्ध क्षेत्रमा बस्ने कल्पनाले चावहिलस्थित चप्पल पसलमा भेटेको व्यापारीलाई हनी ट्रयापमा पारेकी थिइन् । सामाजिक सञ्जालमा कुराकानी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिल्तिरको होटलमा बोलाएर कल्पनाले ‘यौन दुर्व्यवहार’ गरेको आरोप लगाएर श्रीमान् र संजयमार्फत मोलाहिजा गरेकी थिइन् ।

कल्पनाको परिवारसँग पूर्वपरिचित सञ्जयले ‘म इन्स्पेक्टर हुँ’ भनेर व्यापारीलाई फोन गरेको र ४० लाख नदिएर बलात्कार मुद्दा हाल्ने धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved