घाटा रहेको भन्दै आयल निगमले भन्यो- पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

नेपालभ्युज

घाटा रहेको भन्दै आयल निगमले भन्यो- पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

काठमाडौं । पेट्रोलियम पदार्थमा घाटा रहेको भन्दै नेपाल आयल निगमले अहिलेकै स्थितिमा मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि भाउ घटाउन नसकिने जनाएको हो ।

निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रुपैयाँसमेत बुझाउनुपर्ने स्थिति रहेको निगमको भनाइ छ ।

यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा रहेको थियो । जुन १ अगस्टमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

यस्तै, यही अगस्तमा आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४९९.५७ रुपैयाँ घाटा रहेको बताइएको छ । यस हिसाबले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ ।

सोहीकारण, अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved