पहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध

नेपालभ्युज

पहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध
फाइ्ल तश्वीर

काठमाडौं । अविरल वर्षाका कारण खसेको पहिरोका कारण धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।  सडकहरु अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

धादिङको तिङ्ग्राङ खानी र चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानमा आउ-जाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो गएका कारण गएरातिदेखि नै आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसेको छ ।

पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रातिदेखि रोकिएका सवारी साधनहरूको लामो लाइन छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved