म्याग्दीमा पहिराेले घर पुरिँदा २ जनाकाे ज्यान गयो, ३ जना बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिराेले बगाएकाे हो ।  गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

नेपालभ्युज

म्याग्दीमा पहिराेले घर पुरिँदा २ जनाकाे ज्यान गयो, ३ जना बेपत्ता
फाइल तस्वीर

काठमाडौं। म्याग्दीमा पहिराेले घर पुरिँदा दुईजनाकाे ज्यान गएको छ ।  तीनजना बेपत्ता भएका छन् ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिराेले बगाएकाे हो ।  गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उहाँकी श्रीमती गोरी विक पहिराेमा परेर घाइते भएका छन् । घामबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेकाे जानकारी दिए। घटनास्थल विकट ठाउँमा भएकाले सुरक्षाकर्मी पुग्न समस्या भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved